काठमाडौं । काठमाडौं महानगरपालिकाले व्यवसाय तथा मनोरञ्जन कर तिर्न व्यवसायीहरुलाई ताकेता गरेको छ।
महानगरले एक सूचना जारी गर्दै चलचित्र हल, क्यासिनोलगायत यस क्षेत्रमा आवद्ध व्यवसायीहरुलाई मनोरञ्जन कर तिर्न आग्रह गरेको हो।
महानगरले मनोरञ्जन क्षेत्रमा रहेका चलित्र हल, क्यासिनो, भिडियो घर,कन्सर्ट, दोहोरी साँझ, डान्सबार तथा नाइट क्लब, सांस्कृ्तिक प्रदर्शन हल, थियटर/ नाटक घर, फनपार्क,वाटर गार्डेन,बाल उद्यान,फुटससल,जुम्बा,मसाज एवं स्पा, स्वीमिङ पुल, पार्कलगायत मनोरञ्जन करसँग सम्बन्धित व्यवसायीहरुलाई कर तिर्न आग्रह गरेको छ।
राजस्व विभागमा मनोरञ्जन कर बुझाएको प्रमाण जाँच गरी मात्र व्यवसाय दर्ता र नवीकरण गर्न समेत महानगरले आग्रह गरेको छ ।
Comment