वैशाखयता प्राकृतिक विपदमा १ सय २० को मृत्यु, १ बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । मुलुकभर  वैशाखयता प्राकृतिक विपद्का घटनाबाट धेरै मानिसले ज्यान गुमाएका छन्। 

विशेषगरी बाढीपहिरोका कारण अकल्पनीय क्षति भएको छ। वैशाखदेखि हालसम्म विपद्जन्य घटनामा परेर १ सय २० जनाले ज्यान गुमाएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

यस अवधिमा २२२ जना घाइते भएका छन् भने १ जना बेपत्ता भएका छन् । यस अवधिमा पहिरोमा १४ बाढीमा ३ जनाको ज्यान गएको छ ।

यस्तै, चट्याङ्गबाट ४१ जना, आगलागीबाट १९ सर्पदशंबाट ५ जनावर आतंकबाट १२ र हावाहुरीका कारण १० जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म ६५ करोड ५७ लाख १४ हजार ५ सय ६० रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।