बढ्याे पेट्रोलियम पदार्थकाे मूल्य, कति पुग्याे प्रतिलिटर ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।

गएरातिदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजेल र मट्टितेलमा प्रटिलिटर नौ रुपैयाँ तथा हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरेको हो।

मूल्य बढेसँगै पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १८१, डिजेल र मट्टितेलको १७२ तथा हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर १९० रुपैयाँ पुगेको छ। निगमले हवाई इन्धन (बाह्य) र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखेको छ।

इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएकाले बढाउनु परेको निगमले जनाएको छ।

पेट्रोलियम पदार्थको लागत मूल्य निरन्तर बढिरहेको र खरिदबापत भुक्तानी गर्नुपर्ने वक्यौता बढ्दै गएको निगमले जनाएको छ। यही असार २४ गतेसम्म आइओसीलाई तिर्नुपर्ने बक्यौता ३० अर्ब पुग्ने निगमको प्रक्षेपण छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।