लैनचौरस्थित भारतीय दूतावासमा भारतीय प्रहरीद्वारा आफैंले गोली हानी आत्महत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको लैनचौरस्थित भारतीय राजदूतावासमा एक भारतीय प्रहरीले आत्महत्या गरेका छन्।

आज (सोमबार) बिहान साढे ६ देखि ७ बजेको बीचमा दूतावासभित्र ड्युटीमा रहेको ती भारतीय प्रहरीले आफैंले गोली चलाएर आत्महत्या गरेको विश्वस्त स्राेतले जनाएकाे छ। ती भारतीय प्रहरी ३२ वर्षीय दीपक सिंह रहेको जनाइएको छ।

उनी इन्डियन आर्मीको कमान्डो भएको प्रहरीका दूतावासकै एक उच्च अधिकारीले जानकारी दिएका छन्। 

उक्त घटनाबारे सत्यतथ्य बुझ्न नेपाल प्रहरी अपराध महाशाखाको टोली दूतावासभित्र प्रवेश गरेको छ। सो  घटनापछि दूतावासबाहिर रहेको कर्मचारीहरुलाई  दूतावासभित्र पस्न नदिइएको स्राेतको भनाइ छ।

दूतावासको घटनामा भारतीय पक्षले नै अनुसन्धान गरी शवको जिम्मा लिने बताइएको छ। उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।

झन्डै आठ वर्षअघि पिन साेही दूतावासमा यसैगरी एक सुरक्षा गार्डले आफैंलाई गोली चलाएर आत्माहत्या गरेका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।