दक्षिण कोरियामा १३ नेपाली पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । अवैध रूपमा काम गरेको आरोपमा दक्षिण कोरियामा १३ जना नेपाली पक्राउ परेका छन्। दक्षिण कोरियाको अध्यागमन ऐन उल्लंघन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।

कामदारको रुपमा दक्षिण कोरिया पुगेका ती नेपालीले समयअवधि सकिँदा पनि काम गरेको र मौसमी कामदारको रुपमा गए पनि काम फेरेर अर्को काम गरेको आरोपमा पक्राउ परेको अध्यागमन स्रोतले जनाएको छ।

चार जना नेपाली कृषि तथा माछा पालन मौसमी काम (इ–८)को रुपमा प्रवेश गरी ठेक्का अवधि नपुग्दै गैरकानुनी रुपमा अर्को ठाउँमा काम गरिरहेको बेला पक्राउ परेका हुन्। अन्य नौ जना बसाइँ अवधि सकिएपछि पनि दक्षिण कोरिया नछाडेका कारण पक्राउ परेका हुन्।

उनीहरूमध्ये दुई जनाले दक्षिण कोरियाका प्रतिनिधिसँग मिलेर मौसमी कामदारको रुपमा प्रवेश गर्ने नेपालीलाई गैरकानुनी रुपमा रोजगारीमा लैजाने र मध्यस्थता गरिदिएवाफत रकम असुल्ने गरेका थिए।

पक्राउ परेका सबै कामदारको परिचय भने खुलाइएको छैन। उनीहरूलाई नेपाल फर्काउने तयारी भइरहेको अध्यागमन कार्यालयले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।