बाढी र डुबानका कारण विद्यालय बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी।  लगातारको वर्षासँगै आएको बाढी तथा डुबानका कारणले इनरुवा तथा देवानगञ्ज गाउँपालिका क्षेत्रका विद्यालय बन्द गरिएको छ। 

दुई दिनदेखि लगातार परेको अविरल वर्षाका कारणले सुनसरी सदरमुकाम इनरुवाका विभिन्न वडा क्षेत्र डुबानमा परेको र बालबालिकालाई विद्यालय जानका लागि समस्या हुने भएकाले विद्यालय बन्द गरिएको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिए। 

डुबानका बेलामा विद्यालय जाने क्रममा बालबालिकामाथि हुनसक्ने सम्भावित जोखिम हुन नदिनका लागि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि इनरुवा क्षेत्रका निजी तथा सामुदायिक विद्यालय बन्द गरिएको प्रमुख भण्डारीले बताए।

त्यसैगरी देवानगञ्ज गाउँपालिकाले समेत गाउँपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण विद्यालय बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुँडामणि गुरागाइँले जानकारी दिए। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।