वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नयाँ राजनीतिक दल खोल्ने भएका छन्।उनले मंगलबार हाल सञ्चालन गर्दै आएको अभियानलाई नै नयाँ पार्टीको रुपमा घोषणा गर्न लागेका हुन् ।

मंगलबार दिउँसो ३ बजे रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर उनले नयाँ दलको घोषणा गर्ने एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए ।

नेकपा विभाजन पश्चात् छुट्टै अभियानमा रहेका गौतमले आफू पक्षधरको भेला गर्दै आएका थिए । नेकपालाई पुनर्जीवित गर्ने प्रयासमा रहेका उनी पनि एकीकरण हुने अवस्था नबनेपछि नयाँ दल गठन गर्न लागेका हुन्।

नयाँ पार्टीमा ७० जना केन्द्रीय कमिटी सदस्य रहने हालसम्म फाइनल भएको प्रचार विभाग प्रमुख पाण्डेले जानकारी दिए । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।