काठमाडौं । नेपाल डेरी एसोसिएशनको २२औं वार्षिक साधारण सभा एवं ८औं राष्ट्रिय महाधिवेशनले प्रह्लाद दाहालको नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
दाहालले एसोसिएशनमा एक कार्यकाल केन्द्रीय सदस्य,तीन कार्यकाल महासचिव र एक कार्यकाल उपाध्यक्ष भएर संगठनको नेतृत्व गरिसकेका थिए ।
हिमालयन डेरी एण्ड एग्रोभेट रिसर्च सेन्टर,काभ्रेका सञ्चालक समेत रहेका दाहाल राष्ट्रिय दुग्ध विकास बोर्डको सदस्य रहिसकेका छन् । दाहाल एसोसिएशनको महासचिव र बागमती प्रदेश दुग्ध विकास बोर्डका सदस्य हुन् ।
नवनिर्वाचित अध्यक्ष दाहालले संस्थाका अग्रजहरुको साथ लिंदै समग्र डेरी क्षेत्रको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
Comment