ललितपुर महानगरको बजेट ६ अर्ब ३५ करोड, स्वीकृति विना कालोपत्रे भएको सडक खन्न नपाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । ललितपुर महानगरपालिकाले ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँको बजेट ल्याएको छ। महानगर प्रमुख चिरिबाबु महर्जनले आगामी आर्थिक वर्ष २०७९/०८०का लागि शुक्रबार नगरसभामा बजेट प्रस्तुत गरेका हुन्। 

ललितपुर महानगरले कल सेन्टर चलाउने विषय बजेटमा रहेको छ। यस्तै महानगरपालिकाबाट कालोपत्रे भएको भएका सडकहरु कम्तीमा २ वर्षसम्म खन्न स्वीकृति नदिने महानगरले लिएको छ।

उपभोक्ता समितिबाट निर्माण कार्य गराउँदा विश्व सम्पदा सूचीकाबाहेक अन्य सबै योजनामा लागत जनसहभागिता १० प्रतिशत अनिवार्य गरिने नीतिमा लिइएको छ।

ललितपुर महानगरपालिकाले ‘डा.सत्यमोहन जोशी एकेडेमी’ स्थापना गर्ने घोषणा गरेको छ। नगरपालिका क्षेत्रभित्र सामुदायिक पुस्तकालय स्थापनामा जोड दिँदै संघसंस्थाको सहकार्यमा एकेडेमी खोल्ने घोषणा गरेको हो। महानगरले बालकुमारीस्थित पर्यटकीय बसपार्क सञ्चालनमा ल्याउने भएको छ।

ललितपुर महानगरपालिकाले महानगर क्षेत्र भित्रको जग्गा र बागमती करिडोर क्षेत्रको पुनः नापी गर्ने भएको छ। ललितपुर महागरपालिकाले पनि कल सेन्टर सञ्चालनमा ल्याउने भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।