न्यायाधीश र वकिलबीच भएकाे १० करोड लेनदेनकाे अडिओ सार्वजनिक, न्यायपरिषद्को आकस्मिक बैठक डाकियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ । न्यायाधीश र वकिलबीच १० करोड लेनदेनकाे अडिओ सार्वजनिक भएपछि न्यायपरिषद्को आकस्मिक बैठक बोलाइएकाे छ । 

काठमाडौंका जिल्ला न्यायाधीश राजकुमार कोइराला संलग्न भएको भनिएको १० करोड रुपैयाँ लेनदेनको विवादास्पद अडियो सार्वजनिक भएपछि कामु प्रधानन्यायाधीशले आकस्मिक बैठक डाकेका हुन्।

कार्कीले दिउँसो साढे १ बजे बैठक बोलाएका छन्। 

न्यूज २४ टेलिभिजनले नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष रुद्रप्रसाद पोखरेल र काठमाडौंका जिल्ला न्यायाधीश कोइरालाबीचको करिब १० मिनेटको टेलिफोन संवाद सार्वजनिक गरेको थियो।

सोही विषयलाई लिएर कामु प्रधानन्यायाधीशले परिषद् बैठक बोलाएको बुझिएको छ।

कुराकानीका क्रममा अधिवक्ता पोखरेलले सिभिल सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङलाई धरौटीमा छाड्न आग्रह गर्दै १० करोड रुपैयाँ रकम प्रस्ताव गरेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।