नक्कली शैक्षिक प्रमाणपत्रसहित तीन पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाई विभिन्न प्रयोजनमा प्रयोग गर्ने तीन अभियुक्तलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा गोरखा बारपाक सुलिकोट-७ का ३७ वर्षीय विकाश अमगाईं, काभ्रे पनौती नगरपालिका-२ कुशादेवीका ३७ वर्षीय राजकुमार हुमागाईं र वनस्थलीका ४० वर्षीय मोहन पुडासैनी रहेका छन्।

पक्राउ परेका हुमागाईंसँग बिएको र अमगाईंसँग प्रोफिसेन्सी डिग्रीको नक्कली शैक्षिक प्रमाणपत्र फेला परेको छ। उक्त प्रमाणपत्र बनाउने धन्दा पुडासैनीले गरेका थिए। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत एसपी कृष्ण कोइरालाले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जानकारी दिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।