गंगोबुबाट हिउँ चितुवाको छालासहित तीन जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–१० गंगोबुबाट हिउँ चितुवाको छालासहित तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धादिङ खानियाबास गाउँपालिका–२ झार्लुङ ठेगाना भएका ४८ वर्षीय खार्पा तामाङ, धादिङ गंगाजमुना गाउँपालिका–६ आरुबोटे ठेगाना भएका ३९ वर्षीय सुकबहादुर घले र सोही गाउँपालिका–६ बस्ने ४१ वर्षीय सूर्यबहादुर घले रहेका छन्। 

नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले जाँच तथा खानतलासी गर्दा खार्पाले बोकेको झोलाभित्र लुकाएर बेरेर राखेको अवस्थामा उक्त छाला फेला पारी पक्राउ गरेको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।