लिग-२ मा नेपाल अमेरिकासँग ३९ रनले पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकासँगको खेलमा नेपाल ३९ रनले पराजित भएको छ।

गएराति भएको खेलमा अमेरिकाले दिएको २४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४७.४ ओभरमा २०६ रनमै समेटिएको हो।

नेपालका लागि आरिफ शेखले ६३, सोमपाल कामीले ४७, देव खनालले ३४, आसिफ शेखले १८, रोहित पौडेलले १६, कुशल भुर्तेलले १० रन बनाए।

अमेरिकाका लागि सौरभ नेत्राभाल्कर र अलि खानले तीन-तीन तथा नोस्थुस केन्जिगे र निशर्ग पटेलले एक-एक विकेट लिए।

यसअघि ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा सात विकेट गुमाएर २४५ रन बनाएको थियो। अमेरिकाका लागि गजानन्द सिंहले ५८, सुशान्त माोदानीले ५४, आरोन जोन्सले ४३ र सैतेजा मुक्कामल्लाले ३६ रन बनाएका थिए।

नेपालका लागि करण केसीले तीन, सन्दीप लामिछानेले दुई, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए।

यो जितसँगै दुई अंक बुटेलेर अमेरिकाले २६ अंक जोडेको छ। अमेरिका तेस्रो स्थानमा छ भने नेपाल १५ अंकसहित पाँचौ स्थानमा छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।