लुम्बिनी प्रदेशको बजेट ४२ अर्ब ९१ करोडको, कहाँ कति विनियोजन ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि ४२ अर्ब ९१ करोड ४४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रदेश सभा वैठकमा उक्त बजेट प्रस्तुत गरेका हुन् ।

लुम्बिनी प्रदेश सरकारले कुल बजेटमध्ये चालुतर्फ १३ अर्ब ३२ करोड, पुँजीगत तर्फ २४ अर्ब ४७ करोड र वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको छ ।

यसको खर्च व्यवस्थापतका लागि सरकारले आन्तरिक राजश्वबाट ३ अर्ब १० करोड, संघ र स्थानीय सरकारबाट प्राप्त हुने राजस्वबाट १५ अर्ब ३५ करोड, रोयल्टी बाँडफाँटबाट ७० करोड, समानीकरण अनुदानबाट ८ अर्ब ५४ करोड, सशर्त अनुदानबाट ८ अर्ब ७१ करोड रुपैयाँ जोहो गर्ने लक्ष्य लिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।