‘२० वर्षे प्रावधानले अपराध बढायो, विवाह गर्ने उमेर घटाऔं’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले विवाह गर्ने उमेर परिवर्तनका लागि अध्ययन सुरु गरिसकेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले बताएका छन्।

प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले विवाह गर्ने २० वर्षे प्रावधानले अपराध बढाएको र त्यसमा आफू पनि असहमत रहेको बताका हुन् ।

कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले विवाह सम्बन्धमा गरेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘१६ वर्षमा नागरिकता पाउँछ, १८ वर्षमा भोट हाल्छ तर विहे गर्न २० वर्ष कुर्नुपर्छ।’

विवाहका लागि २० वर्ष उमेर कुर्नुपर्ने कुनै पनि तरिकाले स्ट्यान्डर्ड नदेखिएको बरु बालविवाहमा सजाइ भोग्नुपरेको उनले बताए।

‘ब्यक्तिगत रुपमा के अनुरोध गर्न चाहन्छु भने विवाह गर्न २० वर्ष उमेर कुर्नुपर्ने अवस्था कुनै पनि तरिकाले स्ट्यान्डर्ड देखाउँदैन,’ उनले भने, ‘बरु अपराध बढाउने काम भइरहेको छ। बाल विवाहमा सजाय भइरहेको छ। यसमा रिभ्यु गर्नुपर्छ। कानुन मन्त्रालालये रिभ्युको प्रसोस थालिसकेको छ।’

विद्यमान मुलुकी अपराध संहिताको परिच्छेद ११ को दफा १७३ मा महिला–पुरुष दुबैले २० वर्ष नपुगी गर्ने विवाह बाल विवाह मानिने उल्लेख छ ।

२० वर्ष नपुगी बिहे गर्ने गराउनेलाई तीन वर्षसम्म कैद र तीन हजार रुपैयाँसम्म सजायँ हुने विद्यमान कानूनमा व्यवस्था छ । २० वर्षभन्दा कम उमेरमा गरेको विवाह बदर हुने अपराध संहितामा उल्लेख छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।