एमालेले माग्यो अर्थमन्त्रीको राजीनामा, प्रतिनिधिसभा बैठकमा जवाफ सुन्न अस्वीकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको छ ।

बजेट संसदमा प्रस्तुत गर्नुभन्दा अगाडि अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेर गर्दै राजीनाम मागेको हो ।

साथै प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीको जवाफ सुन्न अस्वीकार गरेको छ। अर्थ मन्त्रालय बाहिरका व्यक्तिलाई प्रवेश गराएर अर्थमन्त्रीले बजेटमा राजश्वको दरहरु परिवर्तन गरेको विषयमा स्पष्टीकरण नआएसम्म अर्थमन्त्रीको जवाफ नसुन्ने बताए ।

प्रतिनिधि सभा बैठक सुरू भए लगत्तै नेकपा एमालेका तर्फबाट पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेटको विषय राष्ट्रिय सुरक्षा जत्तिकै गोपनिय विषय भएको बताए। उनले अर्थमन्त्री पदमा बस्न नमिल्ने जिकिर गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको समेत ध्यानाकर्षण गराए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।