‘काठमाडौंको फोहोर अर्को हप्तासम्म उठिसक्छ, सिसडोलको एक महिनाभित्र दुर्गन्धरहित बनाउछौं’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले काठमाडौंमा थुप्रिएको फोहोर अर्को हप्तासम्म उठिसक्ने बताएका छन्।

महानगरको आइतवार बसेको कार्यपालिकाको बैठकमा साहले उक्त कुरा बताएका हुन् । फोहोर उठिसकेपछि अरु प्रक्रिया सुरु हुने उनले बताए।

त्यस्तै कार्यपालिकाको बैठकमा साहले जैविक रसायनको प्रयोग गरेर दुर्गन्धरहित बनाइने बताए ।

‘महानगरपालिकाले सिसडोलमा व्यवस्थापन गर्दै छ। एक महिनाभित्र दुर्गन्धरहित बनाइँदै छ। त्यहाँनेर केमिकेल नभएर जैविक केमिकल प्रयोग गरिदै छ। वातावरणमा कुनै पनि असर पार्दैन,’ साहले भने।

खोलामा सफा पानी बगाउनका लागि ट्रिटमेन्ट गरिने जानकारी दिए।

भने, ‘त्यहाँबाट बगेको लिच्चडलाई ट्रिटमेन्ट गरेर सफा पानी खोलामा जाने गरेर मात्रै हामी व्यवस्थापन गर्दैं छौं।’ महानगरले तीन पिप्लेदेखि बन्चरेडाँडासम्मको बाटोलाई असार पहिला सातादेखि निर्माण सुरु गर्न लागेको छ।

काठमाडौं महानगरमा रहेका ब्रुमरका चालकहरु तीन दिनभित्र उपस्थित हुने र महानगरको धुलो सफा गरिने साहको भनाइ छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।