काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्नो तर्फबाट मन्त्री फेर्ने भएको छ । सचिवालय बैठकबाट निर्णय गरेर नेकपा एकीकृत समाजवादीले पार्टीका तर्फबाट मन्त्री फेर्न लागेको हो ।
एकीकृत समाजवादीले आफ्नो पार्टीका सबै मन्त्रीहरु फिर्ता बोलाएता पनि हालका राज्यमन्त्री भवानी खापुङलाई भने स्वास्थ्य मन्त्रीमा सिफारीस गरेको छ । अन्य मन्त्रीहरूमा पर्यटनमा जीवनराम श्रेष्ठ, शहरीमा मेटमणि चौधरी, श्रममा शेरबहादुर कुँबर मन्त्री हुने छन् । यो नाम बालुवाटारमा पठाइसकिएको ती नेताले जानकारी दिए ।हिराचन्द्र केसीलाई भने राज्यमन्त्री बनाइने भएको छ ।
यसअघि एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ सरकारमा सहभागी थिए ।
Comment