मेयर बालेन र बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसँग भेटेका छन्।

काठमाडौंको फोहोर व्यवस्थापनमा सहयोग गरिदिन उनले भेटमा मुख्यमन्त्रीसँग आग्रह गरेका छन्। मुख्यमन्त्री पाण्डेले पनि सहयोग गर्ने आश्वासन दिएको बताइएको छ।

फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेका मेयर बालेन दुई दिनअघि मात्रै काठमाडौं उपत्यकाको फोहो विसर्जन हुँदै आएको नुवाकोटको सिसडोल पुगेका थिए। त्यहाँका स्थानीयसँग चर्काचर्की नै परेको थियो।

सिसडोलवासीले विभिन्न माग राखी फोहोर विसर्जन गर्न अवरोध गर्दै आएका छन्। मेयर बालेन सिसडोललाई एक साताभित्र दुर्गन्धमुक्त बनाउने प्रतिबद्धता जनाएर फर्किएका थिए।

केमिकल प्रयोग गरेर एक साताभित्र उक्त क्षेत्रलाई दुर्गन्धमुक्त बनाउने वाचा गरेर उनी आफ्नो टोलीसहित फर्किएका हुन्। काठमाडौंवासी र सिसडोलवासीसँगको वाचा पूरा गर्न बालेनको दौडधुप जारी छ। उनले शीर्ष नेताहरुसँगको भेटघाट पनि तीव्र पारेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।