शनिवार देशभर सार्वजनिक बिदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले शनिवार देशभर सार्वजनिक बिदा दिएको छ।

मन्त्रालयले शुक्रवार एक विज्ञप्ति जारी गर्दै रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा रहेकोले सार्वजनिक बिदा दिइएको जनाएको छ।

रातो मछिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको चौंथो दिन भोटो देखाउने परम्परा रहेको छ ।

गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’रातो मछिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको तथा जावलाखेल पुगेको चौंथो दिन रातो मछिन्द्रनाथको भोटो देखाउने परम्परा रहेकोमा भोलि २१ गते शनिबार राष्ट्रपति विद्या देवी भण्डारीको उपस्थितिमा कार्यक्रम रहेकोले उक्त दिन देशभर सार्वजनिक विदा रहेको छ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।