काठमाडौं । अर्थमन्त्री जनादर्न शर्माले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७ अर्ब ५ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् ।
अर्थमन्त्री जनार्दशन शर्माले संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट पेस गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७ अर्ब ५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताएका हुन् ।
प्रधानमन्त्री रोजगारी कार्यक्रममा भने पुनर्संरचना गरिने प्रतिबद्धता गरिएको छ । देशभरका २ लाख सूचिकृत बेरोजगारलाई रोजगारी दिने कार्यक्रम पनि अघि सारिएको छ ।
Comment