देशभर खाद्य गोदाम बनाउन ४५ करोड विनियोजन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । सरकारले देशभर खाद्य गोदाम बनाउन रकम बिनियोजन गरेको छ। 

आगामाी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमनत्री जनार्दन शर्माले देशभर १ सय वटा खाद्य गोदाम बनाउन ४५ करोड रुपैयाँ विनियोजन गरिएको बताए।

यस्तै, सरकारले २ लाख गाई र २ लाख भैंसीलाई उन्नत नश्लको कृत्रिम गर्भाधान गराइने घोषणा पनि बजेट मार्फत गरेको छ। यस्तै, कर्णाली प्रदेशमा रैथाने बालीको संरक्षण गरिने, नगदे बाली खेती गर्न किसानलाई प्रोत्सहन गरिने गर्ने योजना पनि बजेटमा समेटिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।