प्रतिव्यक्ति ऋणको भार बढयो, एक नेपालीको थाप्लोमा ६३ हजार ३१० रुपैयाँ ऋण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल सरकारको ऋणको आकार बढ्ने क्रम जारी छ ।

अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा पेश गरेको आर्थिक सर्वेक्षण २०७८ ७९ अनुसार फागुन मसान्तसम्म सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब १९ करोड रुपैयाँ पुगेको हो ।

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० जनामा भाग गर्दा प्रतिव्यक्ति ऋणको भार ६३ हजार ३१० रुपैयाँ पर्न जान्छ । आर्थिक सर्वेक्षणअनुसार १८ खर्ब ४८ अर्बमध्ये ८ खर्ब ६३ अर्ब रुपैयाँ आन्तरिक ऋण हो भने ९ खर्ब ८४ अर्ब रुपैयाँ बाह्य ऋण हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।