निजगढ विमानस्थल निर्माणमा रोक लगाउने सर्वोच्चको फैसला अनुपयुक्त र दुर्भाग्यूर्णः थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक लगाउने सर्वोच्च अदालतको फैसला अनुपयुक्त र दुर्भाग्यपूर्ण रहेको बताएका छन्। विहिबार सर्वोच्चले निजगढ विमानस्थल बनाउन रोक लगाउने फैसला गरेको थियो।

अदालतको फैसलापछि थापाले सामाजिक संजालमा आफ्नो धारणा राखेका हुन्। उनले विमानस्थल चाँडो बनाउन आदेश दिनुको साटो निर्माण रोक्ने फैसला दिनु आर्थिक दृष्टिकोणबाट महत्वपूर्ण योजना रोक्नु आश्चर्यजनक भएको बताएका छन्।

‘निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक लगाउने सर्वोच्च अदालतको फैसला अनुपयुक्त र दुर्भाग्यपूर्ण छ।वन,वन्यजन्तु र पर्यावरण संरक्षण गरेर चांडो विमानस्थल बनाउन निर्देशन दिनुको सट्टा दशकौदेखिको राष्ट्रिय गौरव र आर्थिक दृष्टिकोणबाट महत्वपूर्ण आयोजना रोक्नु आश्चर्यजनक छ,’ उनले ट्विटरमा भनेका छन्।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।