झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम ८८ करोडमा सीमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौं । शेयर बजारमा झिनो अंकको सुधार आएको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक नेप्से ८.९० अंकले बढेर २२३९.६० विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२२ कम्पनीको ८८ करोड ८७ लाख ८१ हजार ९०७ रुपैयाँ बराबरको २३ लाख २० हजार ८१६ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये ९ वटामा बढेको छ भने अन्य ५ वटा राताम्मे भएका छन् ।

अघिल्लो दिनको तुलनामा बुधवार कारोबार रकम घटेको छ । त्यसदिन १ अर्ब ४ करोड ४६ लाख २६ हजार ९३९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज एक कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । मेगा बैंकको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।

कारोबारको आधारमा आज सबैभन्दा बढी मेगा बैंकको भएको छ । यस कम्पनीको आज ५ करोड ४२ लाख भन्दा बढीको कारोबार भएको छ ।

त्यस्तै, आज गुँरास लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ५.४७ प्रतिशतले घटेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।