यी हुन् बेलकोटगढीका प्रमुख जगतबहादुर गुरुङको पहिलो प्राथमिकतामा परेको कार्यहरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । बेलकोटगढी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख जगत बहादुर गुरुङले पदभार ग्रहण गरेका छन् । 

गुरुङले पदभार ग्रहण गर्दै बेलकोटगढी नगरपालिका भित्र रहेका स्वास्थ्य चौकीहरुमा एम्बुलेन्स सेवा उपलब्ध गराउनका लागि आगामी आर्थिक बर्षको निति तथा कार्यक्रममा समावेश गरेर बजेट व्यवस्था गरी एम्बुलेन्स खरिदको पक्रिया अघि बढाउने निर्णय गरेका छन् ।

उनले नगरमा आम नागरिकले सहज ढंगबाट स्वास्थ्य सेवा प्राप्त गर्न पाउनपर्ने बताउदै आगामी दिनमा जेष्ठ नागरिक,बालबालिका,अशक्त तथा असहायको लागि निशुल्क एम्बुलेन्स सेवाको समेत सुरु गर्न आफुले तयारी गरिरहेका बताए । नगरप्रमुख गुरुङले खानेपानी,कृषिजन्य उत्पादनको बजारिकरण र पुर्वाधारमा आफुले विशेष जोड दिने बताए ।

साविकका ६ वटा गाविसमा रहेका स्वास्थ्य चौकीलाई केन्द्रित गरेर ७ वटा एम्बुलेन्स खरिद गर्ने,प्रसुती सेवा उपलब्ध गराउने, स्वास्थय उपचारको दायरा फराकिलो बनाउने गुरुङले बताए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।