नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गण्डकी प्रदेशमा आयाजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ देखि कार्तिक ३ गतेसम्म हुने भएको छ। मंगलबार युवा तथा खेलकुद मन्त्रालयले पत्रकार सम्मेलन गरेर मिति सार्वजनिक गर्दै प्रतियोगिताबारे जानकारीसमेत दिएको हो। 

पटक पटक प्रतियोगिता सर्दै आएको प्रतियोगिताले पछिल्लो मिति सार्वजनिक गरेको हो। हरेक दुई वर्षमा अयोजना हुने भनिएको राष्ट्रिय खेलकुद यसअघि अन्तिम पटक विस २०७५ सालमा भएको थियो। 

२०७७ मा आयोजना हुने तय भएको प्रतियोगिता कोभिड महामारीका कारण मन्त्रालय र राष्ट्रिय खेकुद परिषद (राखेप)ले खेलकुद प्रतियोगिता स्थगित गर्ने र सार्ने काम गर्दै आइरहेका छन्।

यता लामो समयसम्म राखेपको बोर्डको बोर्ड बैठक बस्न नसकेको कारण प्रतियोगिताको मिति तोकिएको थिए। राखेको पछिल्लो बार्ड बैठकले आगामि जेठ २२ गतेबाट राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो।

‘लोगो, मस्कट र नारा सार्वजनिक भैसकेका छन्,’ राखेपका सदस्य सचिव टंकलाल घिसिङले भने, ‘अहिले खेलाडी छनोट राखेपले गर्दैन। अब प्रदेश खेलकुदले नै गर्छ। नभए प्रदेश मन्त्रालयले गर्छ। त्यसरी हामीले लामै तयारी गर्ने समय राखेर मिति तोकेको थियो। तर हुन सकेन।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।