काठमाडौं । सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक (डीआइजी) चन्द्रप्रकाश (सीपी) गौतम अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा सिफारिस भएका छन् ।
सोमबार बसेको बढुवा समितिको बैठकले उनलाई सशस्त्र प्रहरी बल, नेपालको नियमावली अनुसार एआइजीमा बढुवा सिफारिस गरेको हो । बलमा एक एआइजी पद रिक्त रहेको छ ।
एकसाता भित्र उनी उपर कुनै उजुरी नपरे सरकारले उनलाई एआइजीमा बढुवा तथा पदस्थापन गर्नेछ ।
Comment