धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार साङपाङ निर्वाचित,कति छ मतान्तर ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज साङपाङ राई निर्वाचित भएका छन् ।

साङपाङ आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका किशोर राईलाई ४ हजार ७६२ मतलेपछि पार्दै निर्वाचित भएका हुन् ।

निर्वाचित साङपाङले  २० हजार ८२१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी किशोर राईले १६ हजार ५९ मत प्राप्त गरेका छन् ।

यसैगरी एमालेबाट मेयरमा उम्मेदवारी दिएकी मञ्जु भण्डारी सुवेदीले १२ हजार ८२५ मत ल्याएर तेस्रो भएकी छिन् ।

त्यस्तै उपमेयरमा भने नेकपा माओवादी केन्द्रका उम्मेदवार अइन्द्र विक्रम बेघा २० हजार ५१० मत ल्याएर निर्वाचित भएका छन् ।

मेघाले नेकपा एमालेका उम्मेदवार पदमप्रसाद लिम्बुलाई २ हजार ९०४ मतलेपछि पारेर निर्वाचित भएका हुन् । एमालेका लिम्बुले १७ हजार ६०६ मत प्राप्त गरेर पराजित भएका हुन् । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।