खाँदबारीको प्रमुखमा कांग्रेसका थपलिया विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका महेश थपलिया विजयी भएका छन् । उनले आठ हजार ३४ मत ल्याउनुभएकामा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जितबहादुर घिमिरेले पाँच हजार ५८९ मत ल्याए ।

घिमिरे २०४५ सालको स्थानीय तहको निर्वाचनमा नगरपालिकाको उपप्रमुख भएका थिए । उपप्रमखमा नेकपा एमालेकी महेश्वरा बज्राचार्य विजयी भए । उनले छ हजार ३८५ मत प्राप्त गरेकोमा निकटम प्रतिद्धन्दी गठबन्धन तर्फबाट माओवादी केन्द्रका दिब्यराज बरालले पाँच हजार १४७ मत प्राप्त गरे ।

खाँदबारीमा वडा नम्बर १,७,८,११ कांग्रेसले, वडा २, ३, ४, ५, ९ र १० नेकपा एमालले जितेको छ भने वडा नम्बर ६ मा माओवादीले जितेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।