काठमाडौंमा बालेनको अग्रता झन् बढ्यो, ३३ सयभन्दा बढीको लिड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाह अहिलेसम्म गणना भएका र भइरहेका सबै वडामा स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह(बालेन) नै अगाडी देखिएका छन्। 

सार्वजनिक प्रारम्भिक मत परिणाममा एमालेका केशव स्थापितभन्दा उनी ३३ सय मतले अगाडी छन्। बालेनको मत ७०८९ पुग्दा स्थापितको ३७४६ मात्रै छ। त्यस्तै तेश्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहको मत भने ३३०० पुगेको छ। 

अहिले वडा नम्बर ३, ४, ५, ३१ र ३२ को मतगणना जारी छ। ४ वटै वडाको मतगणनामा अहिलेसम्म बालेनले लिड गरिरहेका छन्। वडा नम्बर १ र २ को भने मतगणना सकिएर परिणाम नै आइसकेको छ। दुवै वडामा बालेनले नै धेरै मत ल्याएका छन्। वडा नम्बर १ मा बालेनले ७८३ मत ल्याए भने वडा नम्बर २ मा २१२० मत ल्याएका छन्। 

यस्तै वडा नम्बर ३ मा बालेनले ११५४ मत ल्याउँदा स्थापितले ६२२ र सिंहले ५७० मत प्राप्त गरेकी छन्। वडा नम्बर ४ मा भने बालेनले १४६६ मत प्राप्त गर्दा स्थापितले ६८४र सिंहले ५८५ मत प्राप्त गरेकी छन्। वडा नम्बरमा बालेनको ४०९ मत आउँदा स्थापितको २७९ र सिर्जनाको २०४ छ। 

त्यस्तै वडा नम्बर ३१ मा बालेनले ५६७ मत ल्याउँदा स्थापितको ३७०, सिर्जनाको ३८८ छ। वडा नम्बर ३२ मा बालेनको मत अत्याधिक देखिन्छ। उनले  १४९० मत ल्याउँदा स्थापितको ६९८र सिंहको ६०५  मत छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।