पाँचथरको कुम्मायकमा गठबन्धनका उम्मेदवार विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार बमप्रसाद लावती र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का महेन्द्रबहादुर खड्का विजयी भएका हुन्। अध्यक्ष पदमा लावतीले नेकपा (एमाले) का भीमप्रसाद सम्बाहाम्फेलाई १२३ मत तथा उपाध्यक्षमा खड्का एमालेकै सीता आचार्यलाई २३ मतले पराजित गरेका हुन्।

कुम्मायकको वडा नं १ मा जसपा र वडा नं २ मा नेकपा (एकीकृत समाजवादी) ले वडाध्यक्ष जितेका छन्। बाँकी तीन वडामा एमालेले वडाध्यक्षसहित प्यानलमै विजय हाँसिल गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।