कास्कीको माछापुच्छ्रेमा कांग्रेसका गुरुङ विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनाको आज बिहान घोषणा गरिएको अन्तिम मत परिणामअनुसार कांग्रेसका मीनबहादुर गुरुङ सात हजार ९९ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार विक्रम गुरुङले ६ हजार ६१७ मत ल्याएका छन्।

यसैगरी उपाध्यक्षमा कांग्रेसका सीता अधिकारीले ६ हजार ३७६ मत प्राप्त गरी विजयी हुँदा एमालेका सीता तिवारीले पाँच हजार ९५१ मत प्राप्त गरेको निर्वाचन अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए।

नौ वडा रहेको गाउँपालिकामा  कांग्रेसले वडा नं १, २, ३, ४, ५, ८ र ९ मा जित हासिल गरेको छ। यसैगरी नेकपा (माओवादी केन्द्र) ले वडा नं ७ र एमालेले वडा नं ६ मा विजयी भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।