भरतपुरमा रेनु दाहालले पुन: लिइन् तीन मतको अग्रत,कसले कति मत पाए ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर ।  निकै प्रतिस्पर्धात्मक देखिएको भरतपुर महानगरपालिका मेयरमा फेरि रेनु दाहालले अग्रता लिएकी छन्। सोमबार बिहान ६:५० सम्म कुल १० हजार २०६ मत गन्दा मेयरमा माओवादी केन्द्रकी रेनुले ३ हजार ५ सय ७८ मत प्राप्त गर्दै झिनो अग्रता लिएकी छन्।

उता नेकपा एमालेका सुवेदीले ३ हजार ५७५ मत प्राप्त गरेका छन्। अहिले रेनु र सुवेदीबीच तीन मतको अन्तर छ। 

कांग्रेसबाट बागी बनेका जगन्नाथ पौडेलले १ हजार ३६० मत प्राप्त गरेका छन्। 

भरतपुर उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ४ हजार ०४३ मत ल्याएका छन्। एमालेसँग गठबन्धन गरेको राप्रपाकी हिमला गुरुङले २ हजार ८१६ मत ल्याएकी छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।