काठमाडौं । अछामको कमलबजार नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमाले विजयी भएका छन् ।
कमलबजार नगरपालिकाको मेयरमा कांग्रेसका यज्ञप्रसाद ढकाल ४ हजार २८८ मतसहित विजयी भएका हुन् । उनलाई नजिकबाट पछ्याएका एमालेका कटकबहादुर साउदले ४ हजार ५४ मत पाए ।
उपमेयरमा एमालेकी शारदाकुमार बिष्ट ४ हजार ५२८ मतका साथ विजयी भएकी छन् । उनलाई चुनौती दिएकी कांग्रेसकी गौरी भण्डारीले ३ हजार ६४८ मत पाइन् ।
Comment