नुवाकोटको विदुर अपडेट : श्रेष्ठको निरन्तर अग्रता, कसले कति मत पाए ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निकै प्रतिस्पर्धात्मक देखिएको नुवाकोटको विदुर नगरपालिकामा गठबन्धनका उम्मेद्धवार राजन श्रेष्ठले आफ्नो अग्रता थप बढाएका छन् ।

सार्वजनिक मत परिणाम अनुसार ४ हजार ९ सय २ मत गणना हुँदा गठबन्धनका तर्फबाट उम्मेद्धवार रहेका कांग्रेसका राजन श्रेष्ठले २४ सय २८ र एमालेका उम्मेद्धवार सञ्जु पण्डितले १८ सय ५२ मत प्राप्त गरेका छन् । श्रेष्ठ र पण्डितविचको मतान्तर ५ सय ७६ पुगेको ।

यस्तै उपमेयरमा एमालेकी अम्बिका नेपाल र गठबन्धनको तर्फबाट उम्मेद्धवार रहेकी माओवादी केन्द्रकी प्रभा बोगटीबिच कडा टक्कर भइरहेको छ । यो समाचार तयार पार्दासम्म नेपालले १६ सय ७४ र बोगटीले १६ सय ७३ मत प्राप्त गरेका छन् । उनीहरुबिचको मतान्तर एक मत मात्र रहेको छ ।

हाल विदुर नगरपालिका वडा नम्ब २, ३ र ४ को मतगणना भइरहेको छ भने वडा नम्बर १ को मत गणना सम्पन्न भइसकेको छ

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।