काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर बढाउँदै लगेका छन्।
सार्वजनिक प्रारम्भिक मत परिणाममा मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह बालेनले एक हजारभन्दा बढी मतले अग्रता लिएका छन् ।
सुरुवाती गणनादेखि नै अग्रता लिएका बालेनले दोस्रो स्थानका एमालेका उम्मेदवार केशव स्थापितभन्दा एक हजार ३० बढी मत ल्याएका छन् ।
हालसम्म बालेनले २४५७ मत ल्याएका छन् भने दोस्रो स्थानमा रहेका स्थापितले १४२७ मत ल्याएका छन् ।
यस्तै, नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले ११६८, राप्रपाका मदनदास श्रेष्ठ र स्वतन्त्र उम्मेदवार सुमन सायमीको समान १६५ मत छ ।
Comment