दोलखाको भीमेश्वर नगरपालिका-१ मा ३० वर्षपछि कांग्रेसको जित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दोलखाको भीमेश्वर नगरपालिका-१ मा ३० वर्षपछि नेपाली कांग्रेस विजयी भएको छ। वडाध्यक्ष पदमा कांग्रेसका उमेदवार माधव थामी एक हजार ३६ मत ल्याएर विजयी भएका हुन्। 

उनले नेकपा एकीकृत समाजवादीका उमेदवार केशवप्रसाद शिवाकोटीलाई पराजित गरे। शिवाकोटीले ७७७ मत पाएका छन् । यो वडामा नेकपा एमाले तेस्रो भएको छ। एमालेका जंगबहादुर थामीले ७३१ मत पाएका छन्।

भीमेश्वर नगरपालिका-१ मा बहुदलयता कांग्रेसले जितेको थिएन। यहाँ कांग्रेस र माओवादीबीच चुनावी तालमेल भएको थियो। 

एकीकृत समाजवादी, एमाले, जनता समाजवादी पार्टी (जसपा) र राप्रपाले छुट्टाछुट्टै प्रतिस्पर्धा गरेका थिए। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।