दैलेखको नौमुलेमा माओवादी केन्द्रका छविराम सुवेदी विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ। माओवादी केन्द्रका छविराम सुवेदीले गाउँपालिका अध्यक्षमा विजय हासिल गरेका हुन्।

सुवेदीले ३ हजार २ सय मत प्राप्त गर्दै गाउँपालिका अध्यक्षमा विजयी भए। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भदे बुढामगरले २५४४ भोट प्राप्त गरे। यस्तै एमालेका उम्मेदवार शशीराम विश्वकर्माले १९२० मत पाए।

त्यस्तै पालिका उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका गंगबहादुर शाही विजयी भएका छन्। उनले २८३४ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी अमृता सिंहले २४०५ भोट पाएकी छन्। उपाध्यक्षमा एमालेकी गीता चन्दले १९१८ मत पाएकी छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।