गुल्मीका दुई पालिकामा कांग्रेस विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी । गुल्मीका दुई स्थानीय तहमा कांग्रेस विजयी भएको छ । रेसुंगा नगरपालिकामा मेयर र उपमेयर जितेको कांग्रेसले  गुल्मी दरबार गाउँपालिकामा पनि जित हात पारेको छ । 

यस्तै गुल्मी दरबारमा कांग्रेसका अध्यक्ष र उपाध्यक्ष विजयी भएका छन् । अध्यक्षमा सरोजकुमार थापा ५,०८५ भोटका साथ निर्वाचित भएका छन् । उनका निकट्तम प्रतिस्पर्धी एमालेका कृष्णबहादुर भुसाल ४,३१६ भोट पाए । 

यस्तै उपाध्यक्षमा तारा थापा ढे‌गा ५,१६० भोटका साथ निर्वाचित भएकी छन् । उनका निकट्तम प्रतिस्पर्धी एमालेकी शुसिला पुनले ४,२४७ भोट पाइन् । 

छत्रकोटको अध्यक्षमा कांग्रेसको अग्रता  छ । अनन्तराम पौडेल १,७४७ भोट ल्याउदा निकट्तम प्रतिद्वन्द्वी नेकपा एमालेका रामप्रसाद पाण्डेयले १,६९७ भोट ल्याएका छन् । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।