रसुवा । रसुवाको आमाछोदिङमो गाउँपालिका–१ को मतपरिणाम सार्वजनिक भएको छ ।
सार्वजनिक नतिजाअनुसार वडा नम्बर १ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ ।
नेकपा एमालेका साङलामा तामाङले २ सय ९० मत ल्याएर विजयी भए ।
उनका निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पासाङदे तामाङले २४८ मत र नेपाली कांग्रेसका देवी तामाङले २४१ मत ल्याए ।
२०७४ सालमा भएको निर्वाचनमा वडाध्यक्षमा नयाँ शक्ति (अहिलेकाे जसपा) ले विजयी हासिल गरेको थियो ।
यसपटक नयाँ शक्तिको टिम नै एमालेमा प्रवेश गरेका कारण विजयी भएको हो ।
Comment