सर्वदलीय बैठकबाटै कांग्रेसका प्रतिनिधि खुकुरीसहित प्रहरी नियन्त्रणमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । प्रहरीले गोरखामा सर्वदलीय बैठकबाटै कांग्रेसका एकजना प्रतिनिधि खुकुरीसहित नियन्त्रणमा लिएको छ ।

स्थानीय तह निर्वाचनलाई लक्षित गरी गण्डकी गाउँपालिकामा बोलाइएको सर्वदलीय बैठकमा कांग्रेसका प्रतिनिधि मनोज गुरुङ खुकुरीसहित पक्राउ परेका हुन्।

बुधवार बिहान वडा नम्बर ६ स्थित तोमनडाडा आधारभूत विद्यालयमा बोलाइएको बैठकमा सहभागी हुन झोला बोकेर पुगेका गुरुङलाई शंका लागेर झोला चेकजाँच गर्दा खुकुरी भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीको नियन्त्रणमा रहेका गुरुङ र घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ । निर्वाचनका समयमा कुनै पनि प्रकारका हतियार प्रदर्शन तथा बोक्न नपाइने व्यवस्था रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।