बागी उम्मेदवारी फिर्ता लेऊ, यसपाली पनि हार्‍यो भने कुनै पनि हालतमा माफी गरिने छैन : प्रधानमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा पार्टीबाट बागी उठेका उम्मेदवारलाई नछाडिने चेतावनी दिएका छन्। 

कैलालीको धनगढीमा आयोजित चुनावी सभालाई सोमबार सम्बोधनका क्रममा उनले यस्तो चेतावनी दिएका हुन्। 

‘बागी उम्मेदवारहरूलाई कुनै हालतमा छाडिने छैन। बागीलाई पार्टीले कारबाही गर्छ, गर्छ’, कांग्रेस उम्मेदवार नृपबहादुर वडलाई मत माग्ने सभामा देउवाले भने, ‘बागीलाई कुनै ठाउँ छैन।’

गठबन्धनको निर्णयअनुसार पार्टीले छाडिसकेपछि बागी उठ्नु गलत भएको उनको भनाइ छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।