‘रेणु दाहाल र सिर्जना सिंहलाई अत्यधिक मतले जिताउनुपर्छ, हराएपछि अन्तर्राष्ट्रिय जगतले के भन्ला’ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।   नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनलाई देशभरि विजयी बनाउन आग्रह गरेका छन्।

काठमाडौंमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले सिर्जना सिंह योग्य महिला भएको र उनलाई जिताउन अपील गरे।

उनले भने, ‘सिर्जना सिंह योग्य महिला हुन्, राम्रो काम गर्ने बचन दिएकी छन्। काठमाडौंजस्तो राजधानीमा महिलाले हार्नु हुँदैन। महिला हराएपछि काठमाडौंले दोष पाउँछ। राजधानीमा महिला उम्मेदवार हराएपछि राष्ट्रिय अन्तर्राष्ट्रिय जगतले के भन्ला ?’

देउवाले चितवनमा रेणुलाई विजयी बनाउनुपर्ने दोहोर्‍याएका थिए। उनले भने,‘भरतपुरमा रेणु दाहाल र काठमाडौंमा सिर्जना सिंहलाई अत्यधिक मतले जिताउनुपर्छ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।