वैशाख ३० गते सवारी साधन नचल्ने, २७ गतेबाट सीमा नाका बन्द गर्ने आयोगको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्थानीय तहको निर्वाचन अन्तर्गत मतदान हुने दिन वैशाख ३० गते सार्वजनिक यातायातका साधन नचल्ने भएका छन् । त्यस्तै प्रशासनको अनुमति पासबिनाका नीजि सवारी साधन पनि चलाउन नपाइने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले मतदानका दिन अनुमति पास विनाका सवारी साधन चलाउन नदिन भनेर सरकारलाई बिहीबार पत्र पठाएको हो ।  आयोगका अनुसार अपांगता भएका मतदाताका हकमा सम्बन्धित मुख्य निर्वाचन अधिकृतबाट सवारी अनुमति लिएर एकाघरका एक जनासहित मतदानस्थलमा जाने मापदण्ड तय गरिएको छ ।

सवारी साधन अनुमतिका लागि जिल्ला प्रशासन कार्यालयलाई अधिकार दिइएको मापदण्ड बनेको आयोगले जनाएको छ । तर कुटनीतिक नियोगका सवारी साधनले भने निर्वाचन आयोगको केन्द्रीय कार्यालयबाटै अनुमति लिनुपर्नेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।