भोलि हेटौंडामा एमालेको आमसभा, ओलीले सम्बोधन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा । आइतबार नेकपा एमालेले हेटौंडामा आमसभा गर्दैछ । आमसभामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । 

स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर ओली हेटौंडा आउन लागेका हुन् । आमसभामा मकवानपुरका १० वटै स्थानीय तहका एमालेका उम्मेदवार, नेता, कार्यकर्ताहरू सहित ४० हजार भन्दा बढीको सहभागिता रहने दावी गरिएको छ ।

हेटौंडा उपमहानगरपालिकाका विभिन्न चार वटा नाकाबाट पैदल र्‍याली गरी हुप्राचौरमा आमसभा गरिने एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।