यस वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने प्रक्षेपण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

यो आर्थिक वर्ष सकिन तीन महीना बाँकी हुँदा नै विभागले कोभिड-१९ को महामारीको प्रभाव नपर्ने तथा अर्थतन्त्र अहिलेकै गतिमा सञ्चालन हुने अनुमानका आधारमा यस्तो लक्ष्य सार्वजनिक गरेको हो।

विभागले कुल गार्हस्थ्य उत्पादन वृद्धिदर उपभोक्ता मूल्यमा ५.८४ प्रतिशत र आधारभूत मूल्यमा ५.४९ प्रतिशत हुने जनाएको छ।

विभागले कृषि र खानीसहित प्राथमिक क्षेत्रको २.३ प्रतिशत, उद्योगको १०.३ प्रतिशत र सेवा क्षेत्रको आर्थिक वृद्धिदर ५.९ प्रतिशत हुने विभागको अनुमान छ ।

विभागले बहुपक्षीय ऋणदाता विश्व बैंक, एशियाली विकास बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको आर्थिक वृद्धिको अनुमानभन्दा बढी वृद्धिदर हासिल हुने आँकडा सार्वजनिक गरेको छ।

विश्व ब्यांकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३।७ प्रतिशत रहने अनुमान गरेको थियो।

चालू मूल्यअनुसार कुल उत्पाद आधारभूत मूल्यमा ७३ खर्ब ५६ अर्ब ६१ करोड र चालू मूल्यअनुसार कुल मध्यवर्ती उपभोग उपभोक्ताको मूल्यमा ३२ खर्ब ५१ अर्ब ६ करोड रहने अनुमान छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।