पोखरा महानगरमा कांग्रेसका दुई बागीको मनोनयन फिर्ता, भरतपुरमा पौडेलको उम्मेदवारी कायमै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  पोखरा महानगरको मेयर पदमा कांग्रेसबाट बागी उम्मेदवारी दर्ता गराएका दुई जनाले मनोनयन फिर्ता लिएका छन् ।

गठबन्धनको विरोधमा पोखराको मेयरमा उम्मेदवारी दिएका नन्दप्रसाद तिवारी र ऋषि सापकोटाले शुक्रबार आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

तिवारी र सापकोटाले उम्मेदवारी फिर्ता लिए पनि बागी विमल कार्कीले भने फिर्ता लिएका छैनन् । उनी पनि कांग्रेसकै नेता हुन् ।   

उता भरतपुरमा नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद जगन्नाथ पौडेलले समयसीमा सकिँदासम्म पनि आफ्नो उमेदवारी फिर्ता लिएनन् ।

निर्वाचन आयोगले  ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकेको थियो । निर्वाचन आयोगले दिएको समयसीमाभित्र उनले उमेदवारी फिर्ता लिएनन् ।

प्रधानमन्त्रीसेमत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री बालकृष्ण खाँण, राज्यमन्त्री उमेश श्रेष्ठलगायत जिल्ला तहका नेताले गरेको आग्रह अस्वीकार गर्दै पौडेलले आफ्नो उमेदवारी कायमै  राखेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।