मतदान केन्द्र तोकिएका विद्यालय तीन दिन बिदा, वैकल्पिक माध्यमबाट पठनपाठन गराउन अनुरोध !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदान केन्द्र/स्थल तोकिएका विद्यालय तीन दिन बिदा दिन निर्वाचन आयोगले सरकारलाई अनुरोध गर्ने भएको छ।

आयोगले गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता सूर्यप्रसाद अर्यालले सार्वजनिक बिदाका लागि मुख्य सचिवमार्फत सरकारलाई आग्रह गरिएको जानकारी दिए।

निर्वाचनसँग सम्बन्धित कार्य गर्न वैशाख २८ देखि ३० सम्म विद्यालयको उपयोग गर्नुपर्ने भएकाले मतदानस्थल तथा मतदान केन्द्र तोकिएका विद्यालयमा विद्यार्थीको भौतिक उपस्थिति नगराउन पनि आग्रह गरिएको उनले बताए।

सो अवधिमा विद्यार्थीहरूलाई वैकल्पिक माध्यमबाट पठनपाठनको व्यवस्था मिलाउन सरकारसँग अनुरोध गर्ने उनले बताए।

वडा र स्वास्थ्य चौकीका भवन मतदानका लागि उपयोग गर्न वैशाख २८ देखि ३० सम्म उपलब्ध गराउन संघीय मन्त्रालयमार्फत पालिकालाई लेखेर पठाउने निर्णय गरेको आयोजले जनाएको छ।

आयोगका अनुसार जगेडासहित छाप्नुपर्ने १ करोड ९४ लाख थान मतपत्रमध्ये बिहीबारसम्म ७२ जिल्लाका १ करोड ७७ लाख ७५ हजार थान मतपत्र छपाइ भइसकेको छ।

३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी भइसकेको आयोगको भनाइ छ।

बिहीबारसम्म प्रविष्ट भएको तथ्यांकअनुसार १ लाख ५३ हजार २ जना उम्मेदवारको मनोनयन दर्ता भएको पनि आयोगले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।