जेठ १ गतेदेखि हप्तामा दुई दिन सार्वजनिक विदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले जेठ १ गतेदेखि शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो जानकारी दिएका हुन्।

बैठकले परीक्षणका रुपमा लागू हुने गरी उक्त निर्णय गरेको हो । कार्यालय समय भने विहान ९:३० देखि ५:३० सम्‍म बढाइएको छ ।

पेट्रोलियम पदार्थको बढ्दो खपतलाई कम गर्ने उद्देश्यले सरकारले यस्तो निर्णय गरेको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।